२ असार २०८१, आईतवार | Sun Jun 16 2024

न्यायाधीश पुष्पराज थपलिया र धुव्रकुमार उप्रेती चढेको गाडी दुर्घटना


६ चैत, सिराह । सिराहा जिल्ला अदालतका २ जना न्यायाधीश चढेको गाडी दुर्घटनामा परेको छ। जिल्ला न्यायाधीशहरु पुष्पराज थपलिया र धुव्रकुमार उप्रेती चढेको गाडी दुर्घटनामा परेको हो ।

जनकपुरबाट सिरहाका लागि हिँडेका न्यायाधीद्धय जनकपुरबाट केही अगाडि पुग्ने वित्तिकै दुर्घटनामा परेका हुन् । जिल्ला अदालत सिरहाका श्रेस्तेदार जगदीश्वर भट्टराई घाइते न्यायाधीशको जनकपुरस्थित काब्य अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

घाइतेमध्ये न्यायाधीश धुब्रकुमार उप्रेतीको अवस्था गम्भीर रहेको जनाइएको छ। उनलाई थप उपचारका हेलिकोप्टरमार्फत् काठमाडौं पठाइएको श्रेस्तेदार भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आईतवार १६:१६