६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

काँग्रेस संसदीय दलको नेतामा सिंहको भन्दा दोब्बर बढी मतसहित देउवा विजयी


२१ फागुन, काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा अत्यधिक मतका साथ विजयी भएका छन ।

सोमबार दिउँसो भएको निर्वाचनमा देउवाले कूल ६३ मतमध्ये ४४ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिद्वन्द्वी प्रकाशमान सिंहले १९ मत प्राप्त गरे ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वा्चित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७४, सोमबार १३:५४