२ असार २०८१, आईतवार | Sun Jun 16 2024

प्रणाली फेरिए पनि प्रवृत्ति बदल्न सकिएन: एमाले नेतृ पाण्डे


५ चैत, झापा । नेकपा (एमाले)की स्थायी समिति सदस्य डा विन्दा पाण्डेले हरेक मानिसको सोच र व्यवहारमा परिवर्तन नआएसम्म लैङ्गिक समानता र अधिकारको लडाइँ अपूर्ण हुने बताएकी छिन ।

रिडर्स झापाले आज झापाको काँकडभिट्टामा ‘धर्तीमाथिको दाबी’ नामक पुस्तकको विषयमा आयोजना गरिएको अन्तक्र्रियामा डा पाण्डेले नेपाली समाजमा विभिन्न चरणमा भएका राजनीतिक आन्दोलनले सत्ताको प्रणाली फेरेतापनि प्रवृत्ति बदल्न नसकेको बताइन । राजनीतिक दलको नेतृत्वमा समेत पित्तृसत्तावादी सोच हाबी रहेको जिकिर गर्दै उनले पठन संस्कृति र प्रश्न गर्ने बानीले मात्र नेतृत्वको सोच र व्यवहार बदल्न सकिने बताइन । ‘धर्तीमाथिको दावी’ उनको पछिल्लो प्रकाशित कृति हो । कार्यक्रममा कृतिका बारेमा सहजकर्ता सागर शिवाकोटीले विभिन्न प्रश्न गरेका थिए । फ

पाण्डेले यस कृतिमा आफ्नो राजनीतिक जीवनको सङ्घर्षदेखि संविधानसभा सदस्यको भूमिकामा रहेर लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्दाताका महिला अधिकारका लागि गरिएको रस्साकस्सीका बारेमा विशेष चर्चा गर्नुभएको कार्यक्रमका सहजकर्ता शिवाकोटीले बताए ।

सहभागीबाट सोधिएका प्रश्नहरुको जवाफ दिने क्रममा कृतिकार पाण्डेले पितृसत्ताको अन्त्य गर्नका लागि महिलाबाद लागू हुनुपर्ने चर्चा गरे । उनले माक्र्सवाद, लेनिनवाद र माओवादी जुनसुकै वैचारिक मार्ग अपनाए पनि वर्गीयमुक्तिको कुराले मात्र महिला मुक्ति सम्भव नहुने र समानताको लडाइँका लागि महिलावाद अपरिहार्य भइसकेको बताए । उनले भने, “ठूला नेताले जे अह्राउँछन् त्यही मात्र सही भन्नुको साटो नयाँ पुस्ता तथ्य खोजेर मात्र विश्वास गर्छन् । नयाँ पुस्ताले मात्र समानता र समावेशीको सिद्धान्तलाई बिनाहिच्किचाहट व्यवहारमा उतार्छन् ।” रासस

तस्बीरः विराट अनुपमको फेसबुक वालबाट साभार ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार २२:३२