२ असार २०८१, आईतवार | Sun Jun 16 2024

नेपाल राष्ट्रिय शिक्षक संगठन विदुर नगरको अध्यक्षमा श्रेष्ठ


५ चैत, विदुर । नेपाल राष्ट्रिय शिक्षक संगठन बिदुर नगरपालिकाको दोस्राे अधिबेशनबाट शिबराम श्रेष्ठ अध्यक्षमा चयन भएका छन । संगठनको उपाध्यक्षमा राज कुमार तामाङ र महिला उपाध्यक्षमा सुमित्रा पौडेल चयन भएकी छन ।

त्यस्तै सचिवमा रामप्रसाद चालिसे, सहसचिवमा राजकुमारी खड्का, कोषाध्यक्षमा बसु सापकोटा र सह कोषाध्यक्षमा सचिता यादव चयन भएकी छिन । अधिवेशनले २१ सदस्यीय कमिटी सर्बसम्मत चयनगरेको छ । अधिवेशनको उद्घाटन नेकपा एमालेका बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डेले गरेका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार २१:०४