अनेरास्ववियु बझाङको अध्यक्षमा दिल बहादुर खाती
५ चैत, बझाङ । अनेरास्ववियु बझाङको १२औं जिल्ला अधिवेशनबाट अध्यक्षमा दिल बहादुर खाती सर्बसम्मत निर्वाचित भएका छन । अनेरास्ववियु बझाङको १२ औं जिल्ला अधिवेशनले खातीको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

अनेरास्ववियुको शनिबार सदरमुकाम चैनपुरमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा पुस्कर दौल्याल र सचिवमा गोविन्द ढाँट, सहसचिवमा सन्देश धामी, इश्वर रोकाया, अन्जली उपाध्याय र कोषाध्यक्षमा रियास खड्का चयन भएका छन् ।
सदस्यमा नरेन्द्र खत्री, मनिषा सिंह, सुनिल दवाल, सर्जन थापा, दिपेन्द्र खड्का, गोविन्द बोहरा, जनक बोहरा, सुरेन्द्र खाती, अन्जाना बोहरा, लोकराज मण्डेल, उमेद विष्ट, सनराज विष्ट, विनय बोहरा, कुसा कुँवर, सुसिल अधिकारी, लक्ष्मण सिंह धामी, टिका ऐडी सदस्य रहेका छन् ।

त्यसैगरी तिलच सिंह, राजेश कार्की, भुमिका धामी, चाँदनी विसी, कृष्णा कार्की, अनिता गिरी, ममता विक, उपेन्द्र आग्री, शंकर ओखेडा, अनिस विसी र रतन भण्डारी लगायत ३५ जना जिल्ला कमिटी सदस्यमा आएका हुन् । अधिवेशनको यसअघि नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : March 19, 2022 at 7:45 pm









