६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

सञ्चारिका समूह लुम्बिनी प्रदेशको अध्यक्षमा अमृता अनमोल निर्विरोध


५ चैत, लुम्बिनी । पत्रकारितामा सक्रिय पत्रकार महिलाहरुको संगठन सञ्चारिका समूह लुम्बिनी प्रदेशको तेश्रो साधारण सभा एवं प्रथम अधिवेशनबाट अध्यक्षमा अमृता अनमोल निर्विरोध भएकी छिन । शनिबार भएको अधिवेशनबाट अमृता अनमोलको अध्यक्षतामा सिंगो कार्यसमिति नै निर्विरोध चयन भएको छ ।

अधिवेशनबाट उपाध्यक्षमा रुपा गहतराज, महासचिब मेनका चौधरी, सचिव माया केसी, कोषाध्यक्ष उषाकिरण पन्थ, सदस्यहरुमा रेनुका गिरी, गीता ज्ञवाली, रञ्जीता अधिकारी, लक्ष्मी तिमिल्सेना, अनिता खत्री, विष्णु खनाल, सरिता चौधरी र रिया बस्नेत निर्विरोध चयन भएका छन ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार १९:३७