१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

५ चैत,भक्तपुर । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सफल बनाउन आग्रह गरेका छन् । मध्यपुरथिमिमा आज आयोजित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उहाँले निर्वाचनका एजेण्डा लिएर घरघर जानुपर्नेमा जोड दिए ।

महासचिव पोखरेलले भने, “अब सम्पूर्ण समय पार्टीलाई दिनुहोस्, टोलटोल, वडावडामा परिचालित हुनुहोस् ।” कार्यक्रममा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले घरघरमा पुगेर जनमत बटुल्न आग्रह गरे। उहाँले विकास र समृद्धिको नारा लिएर जनतामा जानसमेत कार्यकर्तालाई निर्देशन दिए।

प्रकाशित मिति : March 19, 2022 at 6:44 pm