१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

धनुषामा बालकको डुबेर मृत्यु

५ चैत, काठमाडौं । धनुषामा एक बालकको डुबेर ज्यान गएको छ । जनकपुरधाम उपमहानगरपालिका-११ स्थित लक्षमण अखडा बस्ने १२ वर्षीय कर्ण कुमार दासको अरगजा पोखरीमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो ।

दासलाई पोखरीमा डुबिरहेको देखेपछि स्थानीयवासीले उद्धार गरेका थिए । उद्दारलगत्तै प्रादेशिक अस्पताल जनकपुरमा लैजाँदै गर्दा उनको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : March 19, 2022 at 6:24 pm