६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

माओवादी धम्कीपछि प्रकाश सपुतले मेटाए एक करोडले हेरेको ‘पीर’ गीत


५ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रका कार्यकर्ताको ज्यानै लिनेसम्मका धम्कीका पछि चर्चित गायक प्रकाश सपुत निरीह बनेका छन । पीर गीत मार्फत आफ्नो उत्कृष्ट कला प्रस्तुत गरेका गायक सपुतले शनिबार अपरान्ह पुरानो गीत डिलिट गरेर नयाँ अपलोड गरेका छन ।

माओवादी कार्यकर्ताको माग अनुसार उनले केही दृश्य हटाएर अपरान्ह ६ बजे नयाँ गीत अपलोड गरेका छन । उनको पीर गीत एक करोड भन्दा बढीले हेरेका थिए भने झण्डै ६ लाख जनाले त लाइकमात्र गरेका थिए । नेकपा माओवादी केन्द्रका कार्यकर्ताले चुनाव हार्ने भैयो भन्दै संगठित रूपमा गायक सपुतमाथि दबाब बढाएपछि उनले राम्रो भ्यूज भएको भिडियो हटाएका हुन ।

उनको पछिल्लो पटक अपलोड गरिएको भिडियो पनि २० मिनेटमा १५ हजार जनाले हेरिसकेका छन । नेपाली कांग्रेसका कार्यकर्ताहरू माथि सुक्ष्म ढंगले लगानी गरिरहेको शिवम् सिमेन्टको प्रायोजनमा बनेको गीत सम्पादन गरेर हालेपछि पनि प्रकाशले युट्युबमा प्रिमियर गरेका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार १८:१८