१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

पोखरीमा डुबेर महिलाको मृत्यु

५ चैत, बैतडी । पोखरीमा डुबेर बैतडीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ कैनपानीका २३ वर्षीया भागरथी चन्द रहेकी छन् । भागरथीको घर नजिकै रहेको सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

बारीमा घाँस काटेर हातखुट्टा धुने क्रममा चिप्लेर पोखरीमा डुबेको र लगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि अस्पताल लगिँदैछ । उनको श्रीमान् रोजगारीका सिलसिलामा भारतमा छन् ।

प्रकाशित मिति : March 19, 2022 at 5:55 pm