१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

सामान्य प्रशासनका उपसचिव ऋषि अाचार्यलार्इ कुटेको छैनः उपाध्यक्ष भण्डारी

२८ साउन, काठमाडाैँ । नेपाल निजामति कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि अाचार्यलार्इ अाफूले कुटपिट नगरेको बताएका छन । उपाध्यक्ष भण्डारीले अाफूले उपसचिव कुटेकाे भनेर अाएकाे समाचारमा ध्यानाकर्षण भएकाे जनाउँदै अन्य प्रत्यक्षदर्शीलार्इ सोध्न समेत चुनाैती दिएका छन ।

अाइतबार दिउँसो सामान्य प्रशासन मन्त्रालयमै भण्डारीले अाचार्यलार्इ कुटपिट गरेकाे भनेर समाचार अाएको थियो । डोल्पामा कार्यरत शाखा अधिकृत नेत्रराज गिरीकाे सरूवाको विषयमा विवाद हुँदा भनाभनमात्र भएको भण्डारीले बताए । उनले भने, ‘हाे मैले भनाभन गरेको हो । सचिव दिनेश थपलियासँग पनि चर्काचर्की परेको छ ।

सिंहदवरबारले कर्णालीलार्इ सधैँ थिचोमिचोमात्र गरेकोमा मेरो अाक्रोश हो ।’ घटनाका प्रत्यक्षदर्शी नेपाल निजामति कर्मचारी संगठनका पूर्व अध्यक्ष मोहन घिमिरेले चर्काचर्की रूपमा भनाभन भएको तर अाचार्यलाइ कुटपिट गरेको कुरा गलत भएको बताए ।

प्रकाशित मिति : August 13, 2018 at 12:50 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/