६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

एमालेप्रति जनतामा आकर्षण र भराेसा थप बढेको छः पूर्वमन्त्री ढकाल


५ चैत, चितवन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले जनतामा एमाले प्रति आकर्षण र भराेसा थप बढेको बताएका छन । प्रेस चाैतारी चितवनले शनिबार गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका ढकालले आगामी स्थानीय निर्वाचनमा एमालेले अघिल्लो पटक भन्दा राम्रो नतिजा हासिल गर्ने दाबी गरे ।

ढकालले एमालेकाे संगठन अझ बलियाे र जनआकर्षण थप बढेको उल्लेख गर्नुभयो । उनले भने “जनतामा एमाले प्रति आकर्षण र भराेसा थप बढेको छ, समृद्धि र स्थायित्वकाे लागि जनताले एमाले नै राेज्ने अवस्था छ ।”

एमाले अहिले चुनावी घाेषणा पत्र निर्माणकाे क्रममा रहेको जानकारी दिँदै ढकालले अबको निर्वाचनपछि देशको राजनीतिमा स्पष्ट दुईवटा शक्ति कायम रहने र त्यसमा एउटाको नेतृत्व एमाले र अर्कोकाे नेतृत्व काङ्ग्रेसले गर्ने बताए । बर्तमान सरकारमा रहेका गठबन्धन दलहरु तालमेल गरेपनि एमालेलाई कुनै फरक नपर्ने उनको भनाइ छ ।

माओवादीकेन्द्रसंग तालमेल हुन सक्छ कि सक्दैन ? भनि पत्रकारले राखेको प्रश्नमा उनले बामपंथी एकताका नाममा यसअघि जुन उत्साहका साथ तालमेल र एकता भयाे त्यो स्तरकाे उत्साहकाे अवस्था अहिले नरहेको प्रष्ट पारे । कांग्रेससंग बार्गेनिङ गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसंग तालमेल हुन सक्ने अभिव्यक्ति दिएको उनले बताए ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार ११:२२