१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

स्थायी शिक्षकको परीक्षा दिन जाँदा परिचयपत्र पनि देखाउनुपर्ने

४ चैत, काठमाडौं । स्थायी शिक्षकको परीक्षाका लागि परीक्षार्थीले अब प्रवेशपत्रसँगै परिचयपत्र पनि देखाउनुपर्ने भएको छ । शिक्षक सेवा आयोगले चैत १५ देखि २१ गतेसम्म गर्न लागेको लिखित परीक्षामा प्रवेशपत्रसँगै आफ्नो परिचय खुल्ने परिचयपत्र अनिवार्य गरेको हो ।

शिक्षक सेवा आयोगले चैत १५, १७, १९ र २१ गते स्थायी शिक्षकको लागि खुल्ला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षा सञ्चालन गर्दैछ । परीक्षामा सहभागी हुनेले प्राप्त गरेको प्रवेश पत्रमा उम्मेदवारको परिचय खुल्ने विवरणमा केही अस्पष्टता देखिएको गुनासो आउने गरेको आयोगले प्रस्ट पारेको छ । सोही आधारमा प्रवेशपत्रसँगै आफ्नो परिचय खुल्ने नागरिकता वा अध्यापन अनुमतिपत्र लिई परीक्षामा सहभागी हुन आयोगले आग्रह गरेको छ ।

प्रकाशित मिति : March 18, 2022 at 5:09 pm