१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक, मनोनयन दर्ता वैशाख ११ र १२ गते

४ चैत, काठमाडौँ । स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगले शुक्रबार स्थानीय तहको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको हो ।

यसअघि आचारसंहिता बनाएर राजपत्रमा प्रकाशित गराएको आयोगले शुक्रबार कार्यतालिका सार्वजनिक गरेको हो ।आयोगको कार्यतालिका अनुसार मनोनय दर्ताका लागि दुइ दिनको समय तोकिएको छ । आयोगका अनुसार वैशाख ११ र १२ गते मनोनयन दर्ताको समय तोकिएको छ ।

आयोगले १२ गतेसम्म दर्ता भएको उम्मेदवारको विरूद्धमा वैशाख १३ गते उजुरी दिन मिल्ने कार्यतालिका बनाएको छ । आयोगले वैशाख १७ गते उम्मेदवारको चुनाव चिन्ह बितरण गर्ने कार्यतालिका तय गरेको छ ।

प्रकाशित मिति : March 18, 2022 at 3:55 pm