१६ जेष्ठ २०८१, बुधबार | Wed May 29 2024

स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक, मनोनयन दर्ता वैशाख ११ र १२ गते


४ चैत, काठमाडौँ । स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगले शुक्रबार स्थानीय तहको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको हो ।

यसअघि आचारसंहिता बनाएर राजपत्रमा प्रकाशित गराएको आयोगले शुक्रबार कार्यतालिका सार्वजनिक गरेको हो ।आयोगको कार्यतालिका अनुसार मनोनय दर्ताका लागि दुइ दिनको समय तोकिएको छ । आयोगका अनुसार वैशाख ११ र १२ गते मनोनयन दर्ताको समय तोकिएको छ ।

आयोगले १२ गतेसम्म दर्ता भएको उम्मेदवारको विरूद्धमा वैशाख १३ गते उजुरी दिन मिल्ने कार्यतालिका बनाएको छ । आयोगले वैशाख १७ गते उम्मेदवारको चुनाव चिन्ह बितरण गर्ने कार्यतालिका तय गरेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार १५:५५