६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समितिको बैठक कपिलवस्तुमा सुरू


४ चैत, कपिलवस्तु । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समितिको पूर्ण बैठक कपिलवस्तुमा सुरू भएको छ । शुक्रबारबाट पार्टी केन्द्रीय सम्पर्क कार्यालय कपिलवस्तुको शिवगडिमा बैठक सुरू भएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिएका छन ।

बैठकले समसामयिक राजनीतिका विषयमा समिक्षा गर्दै गम्भीर निर्णयहरू लिने बताइएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले शान्ति प्रकियामा ल्याएको नेकपासँग सरकारले गरेका सम्झौता कार्यान्वयन भएका छैनन् । उक्त सम्झौता कार्यान्वयनका लागि नेकपाले पटक पटक सरकारका प्रतिनिधिसँग भेटेर ध्यानाकर्षण गराउँदै आइरहेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार १५:३१