१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

एमालेमै फर्किए एकीकृत समाजवादी चितवनमा नेता दुर्गा अर्याल

४ चैत, चितवन । नेकपा एकीकृत समाजवादी चितवन जिल्ला सचिवालय सदस्य दुर्गा अर्याल एमालेमै फर्किएका छन । उनले अाफू समाजवादीको कुनै पनि जिम्मेवारीमा नरहेको घोषणा गरेका छन । खैरहनी नगरपालिकाका अर्यालले सामाजिक सञ्जाल मार्फत अाफूले समाजवादी त्यागेको जानकारी दिएका छन ।

उनले अाफू जिल्ला सचिवालय सदस्य र चितवन क्षेत्र नम्वर १ प्रदेश ख का संयोजक दुबै पदमा नरहेको जानकारी दिएका हुन । पार्टी विभाजन अघि उनी दुई कार्यकाल एमाले जिल्ला कमिटि सदस्य समेत रहेका थिए।

प्रकाशित मिति : March 18, 2022 at 3:07 pm