६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

३ चैत, काठमाडौँ । केही दिनअगाडि मात्र डेट घोषणा गर्दा ‘पठान’ फिल्मको सार्वजनिक केही झलकमा शाहरुख खानको लुक्स देखाइएन । उनलाई बिम्वात्मक रुपमा देखाइ पनि उनलाई हेर्न नपाएका फ्यानमाझ अहिले एउटा तस्बिर भाइरल भइरहेको छ । डेट एनाउन्स गरिएको भिडियोमा समेत नदेखिएका शाहरुख स्पेन छायांकनको क्रममा क्यामराबाट बच्न सकेनन् । उनी समुद्र किनारको एक होटेलमा छन् ।

उनी होटेल बाहिर निस्किँदा क्यामरामा कैद भएका हुन् । उनको सार्वजनिक पठान लुक्सले फ्यानमाझ चर्चा पाइरहेको छ । छायांकनका लागि शाहरुखसँगै दीपिका पादुकोण र जोन अब्राहम पनि स्पेनमै छन् । फिल्मको यो सेड्युल १७ दिनको थियो ।

बलिउडको ठूलो कम्पनी यशराज फिल्म्सले आफ्नो सफल स्पाइ क्यारेक्टरलाई लिएर ‘स्पाइ युनिभर्स’ क्रिएट गर्ने भएको छ । आदित्य चोपडाले ‘पठान’ फिल्म निर्माण गरिरहेका छन् । सिद्धार्थ आनन्दको निर्देशनमा तयार भइरहेको फिल्ममा शाहरुख खान , जोन अब्राहम र दीपिका पादुकोण मुख्य भूमिकामा छन् ।

‘जिरो’ को असफलतापछि पर्दामा नदेखिएका शाहरुख यसैफिल्म मार्फत पुनः एकपटक एक्सन अवतारमा प्रस्तुत हुँदै छन् । एक्सन थ्रिलर फिल्म ‘पठान’ लाई आउँदो वर्ष २५ जनवरी २०२३ मा हेर्न पाउने छन् । फिल्ममा सलमान खान पनि देखिनेछन् । उनि फिल्ममा टाइगरको भूमिकामा प्रस्तुत हुनेछन ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार १६:३५