६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

पोल्याण्डकी क्यारोलिनाले पहिरिन् मिस वर्ल्डकाे ताज


३ चैत, काठमाडाैँ । मिस वर्डको ताज पोल्याण्डकी क्यारोलिना बेल्वास्काले पहिरिएकी छिन् । अमेरिकामा नेपाली समयअनुसार आज बिहान भएको फाइनल प्रतिस्पर्धाबाट क्यारोलिना उत्कृष्ट ठहर भएकी हुन् । त्यस्तै प्रतियोगितामा अमेरिकाकी श्री साइनी फर्स्ट रनरअप भइन् भने सेकेन्ड रनरअपको ताज ओलिभियाले पहिरिइन् ।

यसअघि नै सेमिफाइनल पुगेका र निर्णायकले छनोट गरेका २५ जनासहित ४० जनाले फाइनल राउन्डमा सहभागीता जनाएका थिए । मिस वल्र्डको अन्तिम ३० मा यसअघि नै प्रवेश गरेकी मिस नेपाल नम्रता श्रेष्ठ टप ३० मै सीमित भइन् । कूल ९७ प्रतिस्पर्धीमध्येबाट ४० जना प्रतिस्पर्धीलाई मात्र फिनालेमा सहभागी गराइएको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार ०९:५६