१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

नेकपा एमालेको स्याङ्जा काठमाडाैँ सम्पर्क मञ्चको अध्यक्षमा सन्तुकुमार गिरी

२ चैत, काठमाडाैँ । नेकपा एमालेको स्याङ्जा काठमाडाैँ सम्पर्क मञ्चको अध्यक्षमा सन्तुकुमार गिरी चयन भएका छन । बुधबार काठमाडाैँमा सम्पन्न सम्पर्क मञ्चको अधिवेशनले गिरीको अध्यक्षतामा ५१ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो ।

मञ्चको १२ औँ सम्मेलनबाट उपाध्यक्षमा डार्बिन पोख्रेल र राधादेवी ढकाल, सचिवमा हरि पंगेनी, उपसचिवमा नारायण अर्याल र समिता बराल र कोषाध्यक्षमा हरिबहादुर गुरुङ चयन भएका छन । अधिवेशनको उद्घाटन नेकपा एमालेकी सचिव तथा गण्डकी प्र्देश इन्चार्ज पद्मा अर्यालले गरेकी थिइन ।

कमिटीको घोषणा, सपथ तथा बधाई शुभकामना कार्यक्रमका प्रमुख अतिथि स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटी इन्चार्ज लालबाबु पण्डितले चुनाव केन्द्रीत भएर काम गर्न निर्देशन दिएका थिए । सो कार्यक्रममा एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल लगायतका नेताहरूले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : March 16, 2022 at 8:04 pm