२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

त्रिदेशीय मार्गको देविघाटमा पुल निर्माणको बाटो खुल्यो, सर्वोच्चले लेख्यो यस्तो पत्र

१ चैत, नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ देवीघाट र बेलकोटगढी नगरपालिकको वडा नम्बर ८ जिलिङ जोड्ने त्रिदेशीय राजमार्गको तादी खोलामाथिको पक्की पुल बन्ने बाटो खुलेको छ । स्थानीय पवित्रा पुडासैनी गजुरेलले पुल निर्माणमा अबरोध गरेपछि सरकारले जवर्जस्ती गरेर डोजर चलाएको थियो ।

उक्त डोजर चलाएको अर्को दिननै गजुरेलले सर्वोच्चको उत्प्रेषण लिएर पुल बनाउन रोकेकी थिइन । तर सर्वोच्चले उक्त रिट माथिको फैसला गर्दै रिट खारेज गरेर पुल बनाउने बाटो खोलिदिएको छ । सर्वोच्चले पुल बनाउने काममा अबरोध सिर्जना गर्ने उजुरेलको माग दाबी अस्वीकार गरेको छ । पवित्रा पुडासैनी गजुरेका पति माधव गजुरेलले आयोजनाका तत्कालीन प्रमुख नारायणदत्त भण्डारीलाइ अपशक्त प्रयोग गरेपछि उनले पुल निर्माणका लागि जवर्जस्ती गरेका थिए पछि त्यो रोक्न गजुरेल परिवार अदालत पुगेको थियो ।

यो पनि पढ्नुहोस्

-सर्वजनिक जग्गामा घर बनाएर पुल निर्माणमा अबरोध, मुअब्जा लिन अनुरोध गर्दा उल्टै धम्की

-पुल निर्माणमा अबरोध गर्ने माधव गजुरेल पक्राउ, छुटाउन नेकपा र कांग्रेस नेताको लाइन

गल्छी त्रिशूली मैलुङ्ग स्याफ्रुवेशी रसुवागढी सडक खण्डको देवीघाटमा रहेको झोलुङ्गे पुल विस्थापन गरेर पक्की पुल बनाउन २०७३ सालमै काम सुरू हुनुपर्थ्यो तर अहिलेसम्म पुल निर्माणको कामले गति लिन पाएको छैन ।

पुलको एकातर्फको भागको केही काम भएको भए पनि विदुर नगरपालिका वडा नम्बर ५ मा तर्फको भागमा काम हुन सकेको छैन । राष्ट्रिय गौरवको आयोजनाको मान्यता पाएर काम भैरहेको ठाउँमा एक जना व्यक्तिको कारण पुल निर्माणले गति लिन नसक्नु लज्जाको विषय हो ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार ००:०३