१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

सपनाको सहादत हुन नदिन मुलुकमा भिजिनरी नेताको अावश्यकता

–जीवन प्रकाश शर्मा
नेपालको वर्तमान स्थिति शुक्रवार राष्टिय दैनिक पत्रिकाहरुमा प्रकाशित श्री राम माथेको सपनाको सहादत लेखवाट स्पष्ट रुपमा बुझन सकिन्छ । यति मार्मिक, गम्भिर र हृदयस्पशी लेखलाई नेपालका राजनैतिक दलका नेताहरु, उच्च पदस्थ कर्मचारी ,नेपाल सरकार, नागरिक समाजका अगुवा तथा सत्यागह्री भन्नेहरुले कसरी आत्मसात गर्छन । यो सवैको चासोको बिषय बनेको छ । देशका उधमशिल यूवा तथा जीवनको उत्तरार्धमा पनि देश बनाउने सोच राख्नेहरुको लागि यस लेखले गहिरो छाप छोडको छ ।

प्रतिवर्ष नेपालवाट करीव ७० हजार मेधावी बिद्यार्थीहरुले शिक्षा मन्त्रालय वाट “नो अवजेक्सन लेटर” लिएको र २० हजार बिद्यार्थीहरु भारतका बिभिन्न विश्वविद्यालयहरुमा अध्ययनका लागि गएको तथ्य माथेले आफनो लेखमा उल्लेख गर्नु भएको छ । यस वाट अरवौ रुपैया बिदेश पलायन भएको स्पष्ट रुपमा आंकलन गर्न सकिन्छ । त्यस्तै माथेले उक्त लेखमा आफनो ज्ञान, अनुभव प्रतिबद्धता र सर्मपण लाई स्वदेशमै प्रयोग गर्न नपाएको कारणले धेरै बिद्धान तथा उध्यमशिल ब्यक्तित्वहरु ब्रेन ड्रोनको रुपमा बिदेश पलायन भएको कुरा उल्लेख गर्नु भएको छ । उच्च शिक्षा प्राप्त गर्ने शिक्षण सस्थाका अधिकाश ढोकाहरु दिन प्रतिदिन बन्द गराउने प्रयास अहिले मुलुकमा भैरहेको छ ।

जीवन प्रकाश शर्मा

नेपालमै बसेर बिभिन्न बिद्याहरुमा उच्च शिक्षा हासिल गर्ने अवसरवाट बिद्यार्थीहरुलाई दिन प्रतिदिन बन्चित गराइदैछ । यस्तो चिन्तनले मुलुकलाई कति वर्ष बिकासको मार्गवाट पछाडि धकेल्छ र आजको एक्कासौ शताब्दीको सभ्य समाजमा यसले कस्तो प्रभाव पार्छ । यो हाम्रो लागि सोचनिय छ । उद्यमीहरुको सपना पुरा गर्न सकिदैन र मुलुकलाई उन्नत बनाउन बिशेषज्ञताको प्रयोग गरिएन भने समृद्ध नेपाल र सुखि नेपालीको सपना कसरी साकार होला ।

माथेकै भनाइ सापटी लिनु पर्दा मुलुकलाई भिजिनरी नेताको आवश्यकता छ । जसले मुलुकको स्वार्थ लाई परिवार भन्दा माथि र दलको स्वार्थ भन्दा माथि राख्न सकोस र यो देशमा देशभक्त र भिजिनरी नेताको आवश्यकता छ । जसले मुलुकको निम्ति दीर्धकालिन नीति बनाई अघि बढन सकोस र बर्तमान प्रधानमन्त्रीले आफुलाई घेरिरहेका निहित स्वार्थलाई जित्न सके भने मात्र मुलुक समृद्धिको दिशा तर्फ उन्मुख हुन सक्छ । अठार बर्ष भन्दा बढि समय कम्वोडियामा प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम परियोजनाको टिम लिडरको रुपमा बिताए पछि स्वदेशमै फर्केर सगरमाथा विश्वविद्यालय स्थापना गरि शिक्षा जगतमा नँया आयाम थप्ने उदघोषका साथ नेपाल फर्केका माथे केहि बर्ष नेपालमै बसेर बिभिन्न उच्च तहका कर्मचारी तथा नेताहरुलाई भेटदा समेत आफनो उद्धेश्य पुरा नहुने देखे पछि अन्त्यमा पुनः बिदेशै फर्कनु निश्चय नै उद्ययमशिल नेपालीहरुको लागि खुशीको खवर होइन ।

यो मुलुकमा यस अवधिमा धेरै विश्व विद्यालयहरु र प्रतिष्ठानहरु स्थापना भै सकेका छन । तर नीजि क्षेत्र र सहकारी क्षेत्रमा प्रस्तावित सगरमाथा विश्वविद्यालय ,पव्लिक विश्वविद्यालय, ख्वप विश्वविद्यालय र मनमोहन अधिकारी विश्वविद्यालयहरु भने स्थापना हुन सकेनन । यस्तो परिस्थिति सृजना हुनुको कारणको दोसी को हो ? यो अनुसन्धानको बिषय बनाइनु पर्छ । बिदेशमा बिद्यार्थीहरु अध्ययनको लागि पठाउने उदेश्यका साथ खोलिएका कन्सलटेन्सिका मालिकहरुको लागि यो बिषय सुखदनै होला तर देश बनाउने सोच राख्ने उद्यमशिल ब्यक्तित्वहरुको लागि यो चुनौति हो ।

यो मुलुकमा श्री राम माथे जस्ता थुप्रै उद्यमशिल तथा बौदिक ब्यक्तित्वहरु छन । जसलाई बिदेश पलायन गराउन बाध्य पारिन्छ भने स्वदेशमै बसेर गुणस्तरिय शिक्षा प्रदान गर्ने र मुलुकका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने उदेश्यका लागि आवश्यक पूर्वाधार तयार गर्ने बैक वाट अरवौ रकम ऋण लिएका उद्यमीहरुलाई समेत हत्तोसाहित बनाइएको छ । उनीहरु जिवन मरणको दोसादमा उभिएका छन ।

अत्तः डा राम माथेको मार्मिक तथा हृदयस्पशी लेखलाई उच्च मुल्याड्डकन गरी नेपाल सरकारले उत्साही उद्यमशिल बौद्धिक ब्यक्तित्वहरुको दक्षता, सीप र योग्यताको अधिकतम उपयोग गरि स्वदेशमै उच्च शिक्षा हासिल गर्ने अवसर उपलब्ध गराउने वातावरण वनाएमा मात्र साचो अर्थमा समृद्ध नेपाल र सुखि नेपालीको नारा वास्तविकतामा परिणत हुन सक्नेछ । यस तर्फ सरकारको उच्च प्राथमिक्ता रहोस । मेरो पनि शुभकामना छ ।

(शर्मा त्रिभुवन विश्वविद्यालका सहप्राध्यापक हुनुहुन्छ ।)

प्रकाशित मिति : २७ श्रावण २०७५, आईतवार १२:४७