२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

नेपाल प्रहरीका ३ डीआईजी एआईजीमा बढुवाका लागि सिफारिस

१ चैत, काठमाडाैँ । नेपाल प्रहरीका ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएका छन् । मंगलबार बसेको बढुवा समितिको बैठकले धिरज प्रताप सिंह, रवीन्द्र बहादुर धानुक र वसन्त पन्तलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको समितिले जनाएको छ । पन्त, सिंह र धानुकलाई क्रमशः एक, दुई र तीन नम्बरमा बढुवा सिफारिस गरिएको हो ।

फागुन ५ मा मन्त्रिपरिषद्ले नेपाल प्रहरीमा ३ वटा अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दी थप्ने निर्णय गरेको थियो । गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डे नेतृत्वको बढुवा समितिले गरेको सिफारिस मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै एआईजीको सङ्ख्या ८ पुग्नेछ । अहिले प्रहरीमा ५ जना एआईजी छन् ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलवार १९:५१