१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

एमालेले बोलायो सचिवालय बैठक

३० फागुन, काठमाडौं । नेकपा एमालेले मंगलबारका लागि सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कमिटी बैठकका अजेन्डा तय गर्न मंगलबार दिउँसो ३ बजेका लागि केन्द्रीय सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । सोमबार बसेको केन्द्रीय कार्यालय बैठकले केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल गरेको हो । स्थानीय तह निर्वाचनको कार्ययोजना तय गर्न केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी एमालेको छ ।

प्रकाशित मिति : March 14, 2022 at 6:11 pm