गोथिया कप फुटबलमा सहभागी हुने नेपाली टोली चीनमा
२७ साउन, काठमाडाैँ । चीनको किङ्दाओ सहरमा आयोजना हुने गोथिया कप फुटबलमा सहभागी हुन नेपाली युवाको २० सदस्यीय टोली चीन पुगेको छ । टोलप्मा १६ खेलाडी र चार अफिसियल रहेका छन ।
नेपाली टोलीले यू–१६ स्पर्धामा प्रतिस्पर्धा गर्नेछ । यू–१६ समूहमा एक सय ९० टोली छन् । नेपाली टोलीको मुख्य लक्ष्य समूह चरण पार गर्दै दोस्रो चरणमा पुग्नु रहेको टोलीका प्रशिक्षक प्रज्ज्वलप्रताप क्षत्रीले बताए ।

सुरजित दत्तको नेतृत्वमा चीन गएको नेपाली टोलीका खेलाडीमा आभास महर्जन, श्रीजेस कार्की, शुलभ ढुंगाना, ऋषभ खनाल, विराज लामिछाने, मञ्जिल श्रेष्ठ, दीक्षान्त भट्ट, प्रबुद्धमान तुलाधर, प्रिन्स थपलिया, रस कार्की, गृष्मा राणा, सुप्रबल कर्माचार्य, अनुकरण बालक, रित्ता दत्त, योग जोशी र शीर्षक राणा छन् । यसैगरी प्रशिक्षकमा प्रज्ज्वलप्रताप क्षत्री र अफिसियलमा विजय महर्जन र गौतम हर्जा छन् ।
प्रकाशित मिति : August 12, 2018 at 8:10 am









