५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

सुनको मूल्य ताेलामाा पाँच सय रुपैयाँले घट्याे


३० फागुन, काठमाडौँ । सुनको भाउ सोमबार तोलामा पाँच सय रुपैयाँले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार तीन सय रुपैयाँमा काराेबार भइरहेकाे छ । यसअघि,आइतबार सुन तोलाको एक लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार आठ सय रुपैयाँ ताेकिएकाे छ । चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । आइतबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४१५ रुपैयाँमा निर्धारण भएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार ११:१२