१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

भिएक्सएल टिटान्सले जित्यो एक्सपट एन्का सुपर लिग, आशिष पोखरेल म्यान अफ दि म्याच

३० फागुन, एडिलेड । एडिलेडमा जारी एक्सपट एन्का सुपर लिगको फाइनल खेलले भिएक्सएल टिटान्सले विजय हासिल गरेको छ । गत बर्षको लिग विजेता एभरेष्ट स्ट्राइकरको रोमाञ्चक खेल खेल्दै भिएक्सेएल टिटान्सले विजय हासिल गरेको हो ।

पहिला व्याटिङ गरेको स्ट्राईकरले २० ओवरमा ८ उइकेटको क्षतिमा १०३ रन बनाउन सफल भएको थियो भने दोस्रो पालीमा व्याटिङ गर्दै भिएक्सएल टिटान्सले १९.४ ओवरमा ८ उइकेटको क्षतिमा १०४को लक्ष्य पुरा गरेर जित हासिल गरेको हो । खेलमा भिएक्सएल टिटान्सका क्याप्टेन आशिष पोखरेल म्यान अफ द म्याच भएका थिए ।

खेलमा भिएक्सएल टिटान्सका प्रवेश थापाले ३१ रन, प्रशुन थापाले २१ रन, आशिष पोखरेलले ११ रन बनाएका थिए भने एभरेष्टको आशिष पोखरेलले ३ उइकेट लिएका थिए । यसै गरि एभरेष्ट स्ट्राइकरका संजय खत्रीले ३२ रन, मनिष खकुरेलले २२ रन , दिपक क्षेत्रीले १७ रन बनाएका थिए भने सुनम गौतमले भिएक्सेलको ४ उइकेट लिएका थिए ।

लिगको समापन कार्यक्रममा विजयी टिमलाइ रनिङ शिल्ड, अष्ट्रेलियन डलर २५०० सहित खेलाडीहरुलाइ मेडल प्रदान गरिएको थियो भने उप विजेता टिमलाइ अष्ट्रेलियन डलर १००० सहित खेलाडीहरुलाई मेडल प्रदान गरिएको थियो ।

समापन कार्यक्रममा एन्का अध्यक्ष विजय जोशीले खेलाडी अफिसियल सहित सबै सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । विजेता टिमका तर्फबाट कप्तान आशिष पोखरेल र उप विजेता टिमका तर्फबाट सुनम गौतमले सहकर्मी खेलाडी आयोजक अफिसियल दर्शकहरुलाई धन्यवाद गर्नु भएको थियो ।

म्यान अफ द म्याच आशिष पोखरेल ट्रफी ग्रहण गर्दै (मध्य भाग) ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार १०:१७