१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

अछाममा कोरोना सङ्क्रमण पुष्टि हुने दर घट्दै

https://www.muktinathbank.com.np/online/loan-application

२९ फागुन, अछाम । अछाममा कोरोना सङ्क्रमण पुष्टि हुने दर घट्दै गएको छ । पछिल्लो समय कोरोना परीक्षण गर्ने दर घटे सँगै कोरोना सङ्क्रमण पुष्टि हुने दरमा पनि कमी आउन थालेको पाइएको हो । अझै यो जोखिमलाई शून्यमा झार्न जनताले स्वास्थ्य मापदण्डको पालन गर्नु पर्नेमा चिकित्सकहरूले जोड दिएका छन् । कोरोना सङ्क्रमणको जोखिम घट्दै गए सँगै कोरोना प्रयोगशालामा कोरोना जाँच गर्ने दर पनि उत्तिकै घटेको छ । यस्तै जिल्लाको कमलबजार पिसीआर प्रयोगशालामा आइतबार २ जनाको नमुना परीक्षण गरिएकोमा २ जनाकै रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालामा अहिले सम्म ३ सय ४ जनाको फलो अफ परीक्षण गरिएकोमा २ सय ८४ जनाको रिपोट नेगेटिभ आएको छ भने १ सय जनाको रिपोट पोजेटिभ आएको प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर विष्टले जानकारी दिनुभयो । कमलबजार सिपिआर प्रयोगशालामा अहिले सम्म ८ हजार १ सय ५ जनाको कोरोना परीक्षण गरिएकोमा २ हजार ८ सय १ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै ४ हजार ९ सय २४ जनाको रिपोट भने नेगेटिभ आएको प्रयोगशालाका सूचना अधिकारी विष्टले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति : March 13, 2022 at 7:44 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/