५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

३ हजार ५०० रुपैयाँले घट्याे सुनको मूल्य


२६ फागुन, काठमाडौँ । सुनको मूल्य बिहीबार तोलामा तीन हजार ५०० रुपैयाँको दरले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार रुपैयाँ कायम भएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको एक लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, बिहीबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्यमा पनि प्रतितोलमा ४५ रुपैयाँको दरले घटेको छ । बुधबार एक हजार ४५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ४०५ रुपैयाँमा निर्धारण भएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार ११:१६