२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

तारागाउँ विकास समितिको सदस्य सचिवमा नारद लुईटेल


२५ फागुन, काठमाडाैँ । तारागाउँ विकास समितिको सदस्य सचिवमा नारद लुईटेल नियुक्त भएका छन । नेकपा एमाले निकटका लुईटेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बुधबार नियुक्त गरेका हुन् । उनलाई ४ बर्षको लागि नियुक्ति गरिएको छ ।

मन्त्रीस्तरीय निर्णयका आधारमा तारागाउँ विकास समितिमा नियुक्त भएका लुईटेलले यसअघि सदस्य सचिव हुँदा हयात रिजेन्सी होटलले गैरकानुनी रुपमा १ सय ५० रोपनी समितिको जग्गा अतिक्रमण गरेको विवरण सार्वजनिक गरी साहसिक काम गरेका थिए । लुइटेल सर्लाही-काठमाडौँ सम्पर्क मञ्चका पूर्वअध्यक्ष हुन ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार २१:००