२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

मादक पदार्थ सेवन गरी प्रहरीमाथि अभद्र व्यवहार गर्ने पक्राउ

२५ फागुन, भक्तपुर । सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक चोकमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात एवं अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सुनसरी रामधुनी नगरपालिका घर भएका २५ वर्षीय बाबुराम कोइराला लगायत २ जना छन् । उनीहरुलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी बा.३९ प ३७३९ नम्बरको मोटरसाइकलमा सल्लाघारीबाट जगातीतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्नेक्रममा प्रहरीमाथि हातपात गरेपछि पक्राउ गरिएको थियो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार १६:४०