५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

सुनको मूल्य एक लाख पाँच हजार पाँच सय रुपैयाँ


२५ फागुन, काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला दुई हजार पाँच सय रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख पाँच हजार पाँच सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन तोलाको एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य तोलाको एक लाख पाँच हजार रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ । मंगलबार एक हजार चार सय १० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार चार सय ५० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार ११:३०