१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

भक्तपुर जिल्लाव्यापी तेक्वाण्दोे प्रतियोगिता हुने

२५ फागुन, भक्तपुर । स्वर्गीय हरिलाल छुस्याबागको स्मृतिमा भक्तपुर जिल्लाव्यापी तेक्वान्दो (गेरोगी तथा पुम्से) प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी शनिबार नःखा छे रेष्टुरेन्ट तपा डम्फो भक्तपुरमा हुन लागेको हो ।

न्यू भक्तपुर चाउचाउको आयोजना र नःखा छे रेष्टुरेन्ट तपा डम्फोको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो । भक्तपुर जिल्ला तेक्वाण्डो संघको सहयोगार्थ प्रतियोगिता गर्न लागेको सहआयोजक नःखा छे रेष्टुरेन्ट तपा डम्फोका प्रोपाइटर रामकृष्ण छुस्याबागले बताए । प्रतियोगिता एक दिनमै सकिने जनाइएको छ ।

प्रकाशित मिति : March 9, 2022 at 8:01 am