२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

महिला दिवसकै दिन नुवाकोटमा २० वर्षीय युवतीले विष सेवन गरेर आत्महत्या गरिन

२४ फागुन, नुवाकोट । महिला दिवसकै दिन नुवाकोटमा २० वर्षीय युवतीले विष सेवन गरेर आत्महत्या गरेकी छिन । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ९ बाघखोरकी स्थानीय २० वर्षीया अञ्जना सुबेदीले विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक प्रहरी उपरीक्षक राम प्रकाश शाहले दैनिकीलाई जानकारी दिए । उनको छ महिनाको छोरी समेत रहेकी छिन ।

दिउँसो ४ः३० बजेको समयमा तोया प्रसाद (गोविन्द) सुबेदीकी श्रीमती अञ्जनाले विषय पिएको बुझिएको छ । उनले विष पिएको थाहा पाएपछि परिवारले जिल्ला अस्पताल त्रिशुली लगेको भए पनि साँझ ६ः३० बजेको समयमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । उनले किन विष सेवन गरेकी थिइन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । अञ्जनाका श्रीमान गोविन्द नेपाली कांग्रेसको वडा कमिटीका सहसचिव समेत हुन ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलवार २०:२२