२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

गाउँसभाको जानकारी माग्दा अध्यक्षले उपाध्यक्ष कुटे, उपाध्यक्षले चप्पलले हानिन्

२४ फागुन, पर्सा । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जैसवालले उपाध्यक्ष फलुमति देवी चौधरीलाई र उपाध्यक्ष चौधरीले अध्यक्ष जैसवाललाई कुटपिट गरेको एकलेअर्कोलाई आरोप लगाएका छन । गाउँसभाको बारेमा विवाद हुँद एकलेअर्कोलाई कुटेको दुबै पक्षले आरोप लगाएका छन ।

उपाध्यक्ष चौधरीले विकास निर्माण र गाउँपालिकाको ८ औं गाउँसभाबारे जानकारी माग्दा अध्यक्ष जैसवालले अन्य वडाअध्यक्ष समेतको सहयोग लिएर कुटेको उपाध्यक्ष चौधरीले आरोप लगाएकी छिन । अध्यक्ष जैसवालले पनि उपाध्यक्ष चौधरीले पानीको बोतलले हानेको आरोप लगाएका छन ।

गाउँपालिकाका अन्य कर्मचारीहरूका अनुसार आइतबार उपाध्यक्ष चौधरीले अध्यक्ष जैसवाललाई चप्पलले समेत हिर्काएकी थिइन् । जुन सीसीटीभी समेत देख्न सकिने कर्मचारीले बताएका छन । उपाध्यक्ष चौधरीले भने अध्यक्ष लगायतको कुटपिटले आफ्नो शरिरमा निलडाम समेत बसेको बताएकी छिन । उनीहरू दुबै उपेन्द्र यादवको जनता समाजवादी पार्टी जसपाका नेता हुन । गत स्थानीय निर्वाचनमा दुबै जनाले यादवकै पार्टीबाट चुनाव जितेका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलवार १८:२२