१४ जेष्ठ २०८३, बिहिबार | Fri May 29 2026

परालले छोपेको अवस्थामा भक्तपुरमा महिलाको शव फेला

२४ फागुन, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका-७ बागरेस्थित तरकारी खेती हुँदै आइरहेको जग्गामा टिनको कच्ची टहराभित्र एक महिलाको शव फेला परेको छ । नामथर वतन नखुलेकी अन्दाजी ३५÷४० वर्ष उमेरीकी महिलाको लास परालले छोपेको अवस्थामा फेला परेको हो ।

जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक (एसपी) शिवकुमार श्रेष्ठको कमान्डमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई हेर्दा मृतक महिलाको घाँटी अगाडि भागमा गहिरो चोट, शरीरको अन्य भागमा समेत काटेको चोटहरू र अर्धनग्न अवस्थामा रहेको देखिएको भक्तपुर प्रहरीले जनाएको छ ।

घटनास्थल प्रकृति तथा लास जाँच मुचुल्का गरी पोस्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट भक्तपुर लगिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । थप अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : March 8, 2022 at 11:32 am