५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी

२३ फागुन, काठमाडौँ । एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरु भएको छ । समसामयिक राजनीति र स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल गर्न पोलिटब्युरो बैठक बसेको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए ।

अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनलाई लिएर एकीकृत समाजवादीमा दुई धार छ । सो विषय पनि आजको पोलिटब्युरो बैठकमा छलफलको एजेन्डा रहेको छ । बैठकमा एमसीसीका आलोचक नेता झलनाथ खनाल पनि उपस्थित छन् ।

प्रकाशित मिति : March 7, 2022 at 1:06 pm