५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

सुनको मूल्य लगातार बढ्दै, ताेलाकै एक लाख तीन हजार पुग्याे


२३ फागुन, काठमाडौँ । सुनको भाउ सोमबार प्रतितोलामा एक हजार १०० रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा एक हजार १०० रुपैयाँले बढेर एक लाख तीन हजार रुपैयाँमा काराेबार भइरहेकाे छ ।

यसअघि आइतबार छापावाल सुन तोलाको एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, सोमबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार ५०० रुपैयाँ ताेकिएकाे छ । चाँदीको मूल्य पनि प्रतिताेलामा १० रुपैयाँको दरले बढेको छ । आइतबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ४२५ रुपैयाँ निर्धारण गरिएको छ ।

यसैबीच, सरकारले सुन आयातमा कटाैती गरेकाे छ । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको सूचनाबमोजिम दैनिक १० किलो मात्र सुन आयात गर्नेगरी तोकेको हो । वाणिज्य बैंकहरुले यसअघि दैनिक २० किलो सुन आयात गर्न पाउँथे ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार ११:५९