५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

कांग्रेस र माओवादी निकट एकै गाउँका ९५ परिवार एमालेमा

२३ फागुन, प्यूठान । प्यूठानको सरुमारानी–६ को रज्जे पाङ्गबाङ बस्तीमा माओवादी र नेपाली कांग्रेसबाट ९५ घर परिवार एमालेमा प्रवेश गरेका छन् । गएको स्थानीय तहमा १७ मत मात्रै आएको उक्त बस्तीबाट अहिले ५/६ घर बाहेक सिंगो बस्ती एमालेमा प्रवेश गरेको एमाले प्यूठानका उपाध्यक्ष तथा सरुमारानी गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले जानकारी दिए ।

हालको एमाले नेतृत्वको गाउँ सरकारले उक्त बस्तीको विकास निर्माणमा खेलेको भूमिकाका कारण बस्ती नै एमालेमा समाहित भएको नव प्रवेशीहरुको प्रतिक्रिया छ । उनीहरुलाई उपाध्यक्ष झग बहादुर विश्वकर्मा, पूर्व अध्यक्ष तुल्सीराम शर्मा, मोहम्मद हलिम हलुवाई लगायतका नेताहरुले स्वागत गरे । एकीकृत समाजवादीका १ सय ५३ अगुवा नेता तथा कार्यकर्ताहरु पार्टी प्रवेश गर्दा सरुमारानीको एमालेमा थप ६ सय ५० मतदाता थपिएको संगठन कमिटीका अध्यक्ष बसन्त जिसीले बताए ।

प्रकाशित मिति : March 7, 2022 at 11:10 am