५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

एमसीसी कार्यान्वयन कठिनः उपमहासचिव ज्ञवाली

२३ फागुन, नुवाकोट । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपालमा एमसीसी कार्यान्वयन हुन कठिन रहेको बताएका छन । नुवाकोटको विदुरमा प्रेस चौतारी नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा आइतबार बोल्दै उनले सत्तारुढ दलहरुले व्याख्यात्मक घोषणा नाममा १२ बुँदेसहित पत्र पठाएको एमसीसीको प्रस्ताव स्वीकार नहुने दाबी गरेका हुन् ।

उनले नेपालको व्यख्यात्मक टिप्पणी अमेरिकी सरकारले स्वीकार गर्ने सम्भावना नरहेको दाबी गरे । उनले सत्ता, शक्ति र विविध आरोपवाट मुक्त हुने वहानामा मात्रै सत्तारुढ दलहरुले अनेक बहानावाजी गरेर एमसीसीमा नयाँ प्रस्ताव गरेर पठाएको बताए ।

पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले सडक र संसदमा दोहोरो चरित्र उदांगो पारेर सत्तामै रहेका केहि दलहरुले एमसीसीमा व्याख्यात्मक सहमति र प्रस्ताव भन्नु नै उनीहरुको लाज छोप्ने सानो पर्दामात्र भएको स्पष्ट पारे । ज्ञवालीले सत्तारुढ दलहरुले एमसीसीलाई संसदबाट नयाँ प्रस्तावसहित लैजानु आफूमाथिको विविध आरोप पन्छाउन खोज्ने सानो दुस्प्रयास मात्र रहेको र यसबाट पद तथा शक्ति जोगाउने श्रृंखलामात्र भएको पनि बताए ।

प्रकाशित मिति : March 7, 2022 at 10:37 am