५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

एमसीसीको डरले प्रचण्डले पटक पटक सारेको माओवादी केन्द्रीय कमिटी बैठक आज

२३ फागुन, काठमाडाैँ । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज साेमबार पनि बस्दैछ । बैठक बिहान ११ बजे अनुपम फुडल्याण्डमा बस्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । यसअघि एमसीसीको डरले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटक पटक बैठक सारेका थिए । बैठकमा एमसीसीको विषय प्रवेश गर्दा बिरोधी बढ्ने भएकाले उनले बैठक तीन पटक सारेका थिए ।

माओवादी केन्द्रीय कमिटी बैठक गत शुक्रबारबाट सुरु भएको हो । आइतबार दुईपटक सारिएको बैठक आज बस्न लागेको हाे । आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन लगायतका एजेण्डामा छलफल हुने उनले बताए ।

माओवादीले पदाधिकारीसँगै स्थायी कमिटी चयनको तयारी थालेको छ । गत शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो ।ढकालका अनुसार बैठकको कार्यसूची कार्ययोजना निर्माण र संगठन हुनेछ । गत पुसमा सम्पन्न माओवादीको आठौँ महाधिवेशनले २४७ केन्द्रीय सदस्य चयन गरेको थियो ।

प्रकाशित मिति : March 7, 2022 at 9:19 am