७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

एकदिवसीय विश्वकप छनोट क्रिकेटमा नेपालको खराब सुरुवात, पहिलो खेलमा जिम्बावेसँग पराजित


२० फागुन, काठमाडौँ । आइसिसी क्रिकेट एकदिवसीय विश्वकप छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ । आइतबार जिम्बाबेको बुलावायोमा भएको खेलमा नेपाललाई घरेलु टिम जिम्बावेले १ सय १६ रनले पराजित गर्यो ।

३ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ६४ रन जोड्यो । नेपालका लागि २ ब्याट्मस्यानले अर्धशतक प्रहार गरे पनि जितका लागि पर्याप्त भएन ।

मध्यक्रमका ब्याट्सम्याद्वय आरिफ शेख र शरद भेषावकरले अर्धशतक प्रहार गरेका हुन् । आरिफले ५० रन जोडे भने शरद भेषावकरले ५२ रनको योगदान दिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७४, आईतवार २१:१९