१४ जेष्ठ २०८३, बिहिबार | Fri May 29 2026

तनहुँकाे दमाैलीमा भीषण आगलागी

२२ फागुन, तनहुँ । तनहुँ दमाैलीको एक हार्डवेयर पसलको गोदाममा भीषण आगलागी भएको छ । व्यास नगरपालिका-४ स्थित मुख्यचोकस्थित भुपाल हार्डवेयर पसलको गोदाममा आइतबार बिहान १० बजेदेखि आगलागी भएको हो ।

आगलागी नियन्त्रणको प्रयास भइरहे पनि आगो भने अझै नियन्त्रणमा आइसकेको छैन । आगलागीको कारण हालसम्म नखुलेको प्रहरीले जनाएको छ ।

स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि गृह मन्त्रालयले सिम्रिक एयरसँग सहयोग मागेको छ । सिम्रिक एयरको हेलिकप्टर पानी लिएर काठमाडौँबाट दमौली प्रस्थान गरेको छ ।

प्रकाशित मिति : March 6, 2022 at 12:21 pm