१४ जेष्ठ २०८३, बिहिबार | Fri May 29 2026

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गणेश शेरचनको निधन

२२ फागुन, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गणेश शेरचनको ७८ वर्षकाे उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेहबाट पीडित उनको आइतबार बिहान ग्रान्डी अस्पतालमा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । शेरधन तत्कालीन राप्रपा नेपालका महामन्त्री थिए । शेरचनको आजै आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएकाे छ ।

प्रकाशित मिति : March 6, 2022 at 10:10 am