२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

कांग्रेस अछाम अधिवेशनः सभापतिमा दाेस्राे चरणकाे मतदान हुँदै

२२ फागुन, अछाम । नेपाली कांग्रेस अछामकाे सभापतिमा दाेस्राे चरणकाे मतदान हुने भएकाे छ । सभापतिका उम्मेदवार पुष्पबहादुर शाह र भरतकुमार स्वाँरले कुल मतकाे ५१ प्रतिशत मत ल्याउन नसकेपछि दाेस्राे चरणमा चुनाव हुने भएकाे हाे ।

दोस्रो चरणको मतदान आज बिहान १० बजेबाट हुनेछ । दुई उपसभापतिमा पाँच जना प्रतिस्पर्धामा छन् । चन्द्रप्रसाद ढुंगाना, टेकबहादुर साउँद, धनबहादुर शाह, नयाँराम बजगाईं र ललितबहादुर कुँवर चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आईतवार ०९:५८