२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

दोस्रो लिस्तिकोट दुगुनागढी माउण्टेन ट्रेल रेसको उपाधि त्रिभुवन आर्मी क्लबका महतरालाई

२१ फागुन, सिन्धुपाल्चोक । दोस्रो लिस्तिकोट दुगुनागढी माउण्टेन ट्रेल रेसको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महतराले जितेका छन् ।खुलातर्फको प्रतियोगितामा महतराले २ घण्टा १४ मिनेट ३० सेकेण्डमा साढे चौवीस किलोमिटरको दूरी पार गरेर उनी पहिलो भएका हुन् । ११८ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि तिजेका महतराले रु एक लाख दस हजार नगद पुरस्कार पाएका छन् ।

प्रतियोगितामा २ घण्टा १६ मिनेट १० सेकेण्डमा निर्धारित दूरी पार गरेर त्रिभुवन आर्मी क्लबकै श्रीकास राई दोस्रो भए । उनले ७५ हजार नगद पुरस्कार पाए भने तेस्रो सोलुखुम्बुका सुमन कलुङले २ घण्टा २१ मिनेटमा निर्धारित दुरी पार गरेर तेस्रो भए । उनले रु ५५ हजार पुरस्कार प्राप्त गरे । चौथो, पाँचौ र छैठौं हुन सफल भीमबहादुर गुरुङ, राजेन्द्र राई, र याङदेव राईले क्रमश ४० हजार ३० हजार र २० हजार नगद पुरस्कार जित्न सफल भए ।

त्यस्तै महिलातर्फ सिन्धुपाल्चोकी नितु तामाङ प्रथम हुन सफल भएकी हुन् । तामाङले ३ घण्टा १७ मिनेटमा निर्धारित दुरी पार गरि रु ६० हजार नगद पुरस्कार जितिन् । दोस्रो र तेस्रो क्रमश सिन्धुपाल्चोककै भगवती खत्री र दोलखाकी पासाडिकी शेर्पाले ३५ हजार र २० हजार पुरस्कार पाए ।

जिल्लातर्फ गणेशसिं ठकुरी, राहुल तामाङ र श्यामकुमार तामाङ क्रमश प्रथम, द्धितीय र तृतीय हुनु भएको छ । उनिहरुले क्रमशः ३० हजार २० हजार र १५ हजार पुरस्कार पाए । जिल्ला न्यायाधिस चन्द्रप्रकाश तिवारी, श्री नम्बर २६ का सहायक रथी ज्योतिन्द्र महत, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल र भोटेकासी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले विजेताहरुलाई पुरस्कार वितरण गरेका हुन् ।

भोटेकोसी गाउँपालिकाको मुख्य प्रायोजन र नेपाली सेना गोरख बक्स गणको सहकार्य तथा व्यवस्थापनामा गत वर्षदेखि टे«ल रेसको आयोजना हुँदै आएको छ । नेपाल तिव्वतबीच भएको युद्ध ऐतिहासिक एवम् सामरिक स्थल दुगुनागढी र लिस्तिमाईको संरक्षण, प्रचारप्रसार एवम पर्यटकीय प्रवन्धनमा टेवा पुर्याउनका लागि यो आयोजना हुँदै आएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार २०:३४