२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

धादिङमा ट्रककाे ठक्करबाट एक जनाकाे मृत्यु, चार जना घाइते

२० फागुन, काठमाडाैँ । धादिङको नीलकण्ठ गाउँपालिका–८ रामकोटमा ब्रतबन्धको निम्तामा आएकालाई शुक्रबार एउटा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

निम्ता मानेर आफ्ना घर फर्किन लाग्दा रोकेर राखिएको ट्रकले स्टार्ट गर्ने क्रममा ती मानिस र स्कुटर तथा मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा ज्वालामूखी गाउँपालिका–५ की ४० वर्षीय डिलमायाँ आलेमगरको धादिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सो घटनामा घाइते चार जनाको उपचार भइरहेको र अरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी जागेश्वर भण्डारीले जानकारी दिनुभयो । दुर्घटनापछि निम्तामा आएकाले घाइतेको उद्धार गरी धादिङ अस्पतालमा उपचारका लागि पुर्याएका थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार २०:४७