१४ जेष्ठ २०८३, बिहिबार | Fri May 29 2026

आफ्नो चरित्रहत्या गरेकाे भन्दै रेखा थापाले दिइन् जाहेरी

२० फागुन, काठमाडौं । अभिनेत्री रेखा थापालाई गालीगलौज गरेको भन्दै नेपाल प्रहरीको साइबर व्यूरोमा जाहेरी परेको छ । थापाको तर्फबाट उनकी दिदी तारा थापाले ए वान मिडियाविरुद्ध जाहेरी दर्ता गराएकी हुन् ।

उजुरीमा पल शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी नाबालिक पीडितको पक्षमा बोलेको भन्दै अभिनेत्री थापालाई गालीगालैज गरिएको  उल्लेख छ । आफ्नो मानमर्दन र गाली बेइज्यति गर्नेमाथि कारवाही गर्न उनले माग गरेकी छिन् ।

प्रकाशित मिति : March 4, 2022 at 5:45 pm