५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

अब गठबन्धन चुनावसम्मै जान्छः अध्यक्ष प्रचण्ड

२० फागुन, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको टुंगो लागेसँगै गठबन्धन निर्वाचनसम्म सुरक्षित रहने निश्चित भएको बताएका छन् । काठमाडौँमा शुक्रबारबाट शुरू भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले देशको राजनीतिले नयाँ कोर्स समातेको बताएका हुन् ।

फाइल फाेटाे

‘गठबन्धन टुट्ने हो कि राष्ट्रिय राजनीति नै फेरि अन्योल र प्रतिगमनतिरै जाने हो कि भन्ने महसुश गरिएको थियो,’ उनले भने, ‘तीन वटा मूलभूत कुरा भनेका संविधानको रक्षा, लोकतन्त्रको रक्षा र राष्ट्रियताको रक्षाको उद्देश्यका साथ बनेको सरकार रहने वा नरहेने हो भन्ने थियो, त्यसमा एमसीसीका विषयमा भएका मतमतान्तरका कारण थिए ।’ गठबन्धन बनाउँदा एमसीसीलाई शर्तको रुपमा नराखेको भन्दै प्रचण्डले साझा नीति कार्यक्रममा पनि एमसीसी नराखिएको बताए ।

प्रकाशित मिति : March 4, 2022 at 3:11 pm