समाजको उन्नयनका लागि महिलाको भूमिका महत्वपूर्णः मन्त्री राई
१९ फागुन, विराटनगर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री राजन राईले समाजको उन्नयनमा महिलाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सामाजिक विकास मन्त्रालयले आयोजना गर्न लागेको कार्यक्रमबारे आज सरोकारवालाबीच भएको छलफलमा उहाँले सो कुरा बताउनुभएको हो ।
मन्त्री राईले महिलामाथि हुने विभेदविरुद्ध हरेक वर्ष मनाइने उक्त दिवसलाई व्यापक र सिर्जनात्मकरुपमा मनाउनुपर्नेमा जोड दिनुभयो । आगामी मार्च ८ तारिकका दिन प्रभातफेरी र दीपप्रज्वलन गरी दिवस मनाइने निर्णय भएको उक्त मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताउनुभयो
‘सामाजिक न्याय लैङ्गिक समानता, दीगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ फागुन गते बिहान २४ प्रभातफेरी कार्यक्रम विराटनगरस्थित देवकोटा चोबाट सुरु गरिने उहाँले जानकारी दिनुभयो । ।
प्रकाशित मिति : March 3, 2022 at 11:43 am









