२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

राप्रपा नेपाल सुर्खेतमा चन्द, रसुवामा देवकोटा चयन

१७ फागुन, काठमाडाैँ । राप्रपा नेपालले संगठन बिस्तारलाई तिवता दिएको छ । पछिल्लो समय विभिन्न जिल्ला समितिहरु धमाधम गठन भईरहेका छन् । यो क्रममा आज पार्टीको सुर्खेत जिल्ला अध्यक्षमा जीवन चन्द र रसुवा जिल्ला अध्यक्षमा टीका प्रसाद देवकोटालाई पार्टीले जिम्मेवारी दिएको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ ।

 

जनवर्गिय संगठन केन्द्रिय समिती घोषणा सभाको तयारी पनि अन्तिम चरणमा पुगेको राप्रपा नेपालका नेता राजाराम बर्तौलाले जानकारी दिए । केही दिन भित्रै विद्यार्थी ,युबक र महिला संगठनको घोषणा सभा तयारी भएको बर्तौलाले बताए।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलवार १९:४०